खेलकुद

युभेन्ट्सको रोमाञ्चक जित

By खबरहब

February 27, 2022

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे ।

जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा छ ।

२७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।