फाइल फोटो

राजनीति

एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ

By खबरहब

February 27, 2022

धनगढी – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेको छ,’ पाण्डेले भने, ‘यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने देखिन्छ ।’

उनले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउन सक्ने बताए । ‘रेमिट्यान्स ओरालो लागेको छ,’ पाण्डेले भने, ‘बैंकले ऋण बढाए पनि अर्थतन्त्र झनै खुम्चिएको छ, यस्तो अवस्थामा वैदेशिक सहायता लग्दैनौं भन्नु मुखर्ता हुने छ, एमसीसी नेपालले स्वीकार्नुको विकल्प छैन ।’