फाइल फोटो

मनोरञ्जन

नायक पल शाह आफैँ प्रहरीकोमा पुग्ने 

By खबरहब

February 27, 2022

काठमाडौँ – जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह आज प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका हुन् ।

गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन्।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका छन्। ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’शाहले लेखेका छन् ।

एक नाबालिग गायिकाका बुबाले प्रहरीमा उनी विरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएका छन्।