फाइल तस्वीर ।

राजनीति

एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक जारी

By खबरहब

February 27, 2022

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस) को स्थायी कमिटि बैठक सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे पार्टीको साझा धारणा तय गर्ने तयारी छ ।

नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।