आर्थिक

सुन तोलामा एक हजार ४०० रुपैयाँले घट्यो

By खबरहब

February 27, 2022

काठमाडौँ – सुनको भाउ आज प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।