प्रचण्डनिवास खुमलटार : फाइल तस्बिर

मुख्य समाचार

माओवादी केन्द्रले अन्ततः एमसीसीकै पक्षमा मतदान गर्ने

By खबरहब

February 27, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज (आइतबार) बिहान बसेको माओवादी केन्द्रको बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेर गठबन्धनको बैठकमा सहभागी भएका थिए। गठबन्धनको बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।

दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । आजै बस्ने दोस्रो बैठकबाट यो सम्झौता पारित गर्ने सरकारको तयारी छ।