सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

By खबरहब

February 27, 2022

सर्लाही  – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका-३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा कौडेना गाउँपालिका-५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए  ।