मुख्य समाचार

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

By खबरहब

February 27, 2022

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।