मुख्य समाचार

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु (लाइभ)

By खबरहब

February 27, 2022

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो।

यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ।