मुख्य समाचार

प्रतिनिधिसभा बैठक सुरु, एमसीसीमाथि सैद्धान्तिक छलफल

By खबरहब

February 27, 2022

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर अघि सुरु भएको हो । नेकपा एमालेको अवरोधका बीच बैठक चलिरहेको छ ।

बैठकमा एससीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका छन् ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

छलफलमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद्हरूलाई पाँच–पाँच मिनेटको समय छुट्याएका छन् ।

यसअघि, गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।