मुख्य समाचार

भीम रावलले भने– ‘एमसीसीका समर्थक गद्दार हुन्’

By खबरहब

February 27, 2022

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद् भीम रावलले एमसीसीका समर्थकहरू गद्दार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गर्नु नै आपत्तिजनक भएको बताए l

उनले नेपाललाई उपनिवेश बनाउन खोजिएकोसमेत दाबी गरे ।

प्रतिनिधिसभामा आज एमसीसी अनुमोदन गर्ने सरकारको तयारी छ । पहिलो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने र दोस्रो बैठकमा अनुमोदन गर्ने तयारी छ ।

नेकपा एमालेको अवरोधका बीच बैठक चलिरहेको छ ।