राजनीति

एमसीसीमा गल्ती स्वीकार्ने नेतालाई राजनीतिबाट सन्यास लिन डा. बाबुराम भट्टराईको सुझाब

By खबरहब

February 27, 2022

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी पास गरेर अघि नबढेर गल्ती थियो भन्ने नेताहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन्।

एमसीसी सम्झौता प्रस्तावसम्बन्धी प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा नेता भट्टराईले एमसीसीपनि अन्य विकास सहायता जस्तै भएपनि नेताहरुले नै गिजोलेर बिगारेको बताए।

उनले आठ जना प्रधानमन्त्रीहरूले कुनै न कुनै रूपमा अगाडी बढाएको परियोजनाको अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने बताए। उनले एमसीसी एक विकास परियोजना मात्र भएपनि नेताहरूले गिजोलेर बिगारेको बताए।