समाचार

थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

By खबरहब

February 27, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।