राजनीति

एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित, अर्को बैठक साढे ६ बजे आव्हान

By खबरहब

February 27, 2022

काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।