अपराध

चितुवाको छालासहित तीन जना पक्राउ

By खबरहब

February 27, 2022

राँझा- बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।