खेलकुद

आयरल्याण्डसँग बराबरीमा रोकियो बेल्जियम

By खबरहब

March 27, 2022

काठमाडौं – गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटलबमा बेल्जियम र आयरल्याण्डले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २–२ गोलको बराबरी खेलेको हो ।

बेल्जियमका लागि खेलको २२ औं मिनेटमा मिची बात्सुआइले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै आयरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ५८ औं मिनेटमा हान्स भानाकेनले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । तर, त्यो अग्रता खेलका ८५ औं मिनेटमा एलन ब्राउनी तोडे । एलनको गोलसँगै आयरल्याण्ड र बेल्जियमले २–२ को बराबरीमा चित्त बुझाएका हुन् ।