राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिरः रत्न श्रेष्ठ/रासस

मुख्य समाचार

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट

By खबरहब

March 27, 2022

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान १० बजे राष्ट्रपति कार्यालमा शिष्टाचार भेट भएको हो । शीतल निवासमा भएको भेटमा दुई पक्षीय हितको विषयमा कुराकानी भएको छ ।

राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ शीतल निवास पुगेका हुन् ।

यसअघि शनिबार नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।

तस्बिर: रासस