फाइल फोटो

अन्तर्राष्ट्रिय

बाइडेनले पुटिनलाई ‘कसाई’ भनेपछि…

By खबरहब

March 27, 2022

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका छन् । युरोप भ्रमणका क्रममा पोल्याण्डको राजधानी वार्सामा रहेको उनले पुटिनलाई कसाई भनेका हुन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युद्ध जित्ने नसक्ने समेत उनको भनाइ छ । वार्साको रोयस कासलमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले पुटिनलाई नेटो मुलुकहरुको ‘एक इन्च’ भूभागमाथि आक्रमण गर्ने सोचाई समेत नराख्न चेतावनी दिए ।

गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रुसी फौजले त्यहाँ आवासीय क्षेत्र एवम् गैरसैनिक सार्वजनिक पूर्वाधारमाथि आक्रमण गरेको आरोप लागिरहेका बेला बाइडेनले पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका हुन् ।

रुसी फौज युक्रेनमा जारी आक्रमणका क्रममा युद्ध अपराधमा समेत संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । यता रुसी प्रशासन क्रेमलिनले भने बाइडेनको टिप्पणीको निन्दा गरेको छ ।