तस्वीर- सिन्ह्वा

अन्तर्राष्ट्रिय

चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

By खबरहब

March 27, 2022

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको यात्रुवाहाक विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि  भएको छ । दुर्घटना भएको छैटौँ दिन उद्धारकर्ताले विमानमा सवार सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् ।

‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो ।’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआङ्शी प्रान्तको झुआङ् क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त विमानमा १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । दुर्घटना भएलगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।