राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक जारी

By खबरहब

March 27, 2022

काठमाडौँ- काँग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल भइरहेको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार पनि जारी छ ।

आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । शुक्रबारदेखि सुरू भएको बैठकमा प्रदेश सभापति र २० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५-५ मिनेटको समय उपलब्ध गराइएको छ ।