खेलकुद

१६ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने

By खबरहब

March 27, 2022

काठमाडौँ- १६ औँ धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल ब्यायम मन्दिरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २३ र २४ गते आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिताको ‘प्रि–जजिङ राउण्ड’ बैशाख २३ मा हुनेछ । फाइनल चरण बैशाख २४ मा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा ५५, ६०, ६५,७०,७५,८० र ८० भन्दा माथिका तौल समूह हुनेछ ।

धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले दुई लाख पुरस्कार पाउँदा चौथोले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौंले ९० हाजार र तासौं हुनेले ८० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार पाउने छ । त्यस्तै प्रथम महिला फिजिक्सतर्फको विजेताले दुई लाख, उप विजेताले एक लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने व्यायम मन्दिरले जनाएको छ ।