मनोरञ्जन

केही समयका लागि कपिलको शो रोकिने

By खबरहब

March 27, 2022

भारत– कमेडीमा छुट्टै पहिचान स्थापित गरेका कपिल शर्माले आफ्नो शो ’द कपिल शर्मा शो’ केही समयका लागि रोक्ने भएका छन् ।

एक महिना लामो अमेरिका–क्यानाडाको टुरमा जाने भएपछि उनको शो प्रसारण नहुने भएको हो । चर्चित कमेडी रियालिटी शो ’द कपिल शर्मा शो’ का केही ब्याकअप एपिसोड छायांकन गर्ने लक्ष्य राखिएता पनि त्यो पूरा नहुने देखिएपछि एक महिनासम्म शो प्रसारण नहुने सम्भावना बढेको हो ।

तर, शो प्रसारण हुने च्यानल सोनीले पुरानै शो पनि प्रसारण गर्न सकिने संकेत गरेको छ । यद्यपि, च्यानलले यसबारेमा आधिकारिक रूपमा केही बोलेको छैन । यसअघि पनि कपिलले बेलाबेलामा शो स्थगित गरिरहेका थिए ।

उनले लकडाउनमा गेस्टको कमि भएपछि र आफू पिता बनेपछि शो स्थगित गरेका थिए । त्यस अगाडि पनि आफ्नो टीमका सुनिल ग्रोवरसँग झगडा परेपछि उनले शो रोकेका थिए ।

यद्यपि यसपटक शो रोकिन्छ वा पुरानै शो टेलिभिजनले देखाउँछ यो भने केही दिनमा थाहा हुने नै छ । कमेडियन शर्मा जुनको मध्यतिर अमेरिका–क्यानडा टुरका लागि जाने तयारीमा छन् । त्यहाँ उनी एक महिना बस्ने छन् ।