समाचार

कोभिड-१९ अपडेट : थप २३ जनामा कोरोना संक्रमण, २१५ जना संक्रमणमुक्त

By खबरहब

March 27, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर तथा १ हजार ४४२ एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २१५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार ५५८जना सक्रिय संक्रमित रहेका छन्।