तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युद्धग्रस्त कृष्ण सागरबाट आएको धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द

By खबरहब

March 27, 2022

काठमाडौं– धराप हटाउन भन्दै टर्कीले भू रणनीतिक रुपमा महत्वपूर्ण बस्फोरसको स्ट्रेट बन्द गरेको छ । कृष्ण सागर र भूमध्य सागरलाई जोड्ने उक्त स्ट्रेटलाई टर्कीले बन्द गरेको हो ।

कृष्ण सागरको तटीय सीमा युक्रेन र रुससँग जोडिन्छ भने मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणी युरोपसँग भूमध्य सागरको सीमा जोडिन्छ । नोभोरोसिस्क, सोची, मारिउपोल, ओदेसाजस्ता रुसी एवम् युक्रेनी बन्दरगाह कृष्ण सागरकै तटमा अवस्थित छन् ।

द्वन्द्वग्रस्त कृष्ण सागरबाट तैरिदै आएको ठानिने समुद्री धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द गर्नु परेको टर्किस विदेशमन्त्रीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । केही दिनअघिमात्रै सो क्षेत्रमा माझीहरुले पुरानो किसिमको समुद्री धराप फेला पारेको समाचार सार्वजनिक भएको थियो ।

यसबारे युक्रेनी एवम् रुसी सुरक्षा अधिकारीसँगको सहकार्यमा धराप निष्कृय पारिएको जनाइएको छ । यसक्रममा इस्तानबुल शहरमा ठूलो विष्फोटको आवाज समेत सुनिएको अल जजीराले जनाएको छ ।

यसबाट केही समय सामुद्रिक पारवहन रोकिएपनि पुनः सञ्चालनमा आएको बताइएको छ ।