बलिउड/हलिउड

‘केजीएफ : च्याप्टर २’ ट्रेलर रिलिज (भीडीयो)

By खबरहब

March 27, 2022

काठमाडौँ- यसवर्षको प्रतिक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म प्रेमी माँझ निकै प्रतिक्षित ट्रेलर सार्वजनिक भएसँगै यसको भ्युज बढ्दो छ । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ । पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । किनकी यस पटक दर्शकको अपेक्षा झनै बढेको छ ।

यसै फिल्म मार्फत यश कन्नड फिल्मबाट हुँदै भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । नेपालमा समेत महँगोमा यो फिल्म भित्रिने अनुमान गरिएको छ । यो फिल्मले नेपालमा समेत आक्रामक विजनेश गर्ने अनुमान फिल्म वितरकहरुले गरेका छन् । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, संजय दत्त, रविना टन्डन , प्रकाश राज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नड फिल्मलाई नै बलिउडमा चिनाएको हो । कन्नड भाषामा बनेको यो फिल्मलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।