समाचार

चीनसँग भएका ९ वटा सम्झौताविरुद्ध जनकपुरधाममा प्रदर्शन

By खबरहब

March 27, 2022

जनकपुरधाम– नेपाल सरकार र चीन सरकारबीच भएका ९ वटा सम्झौता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

आइतबार राष्ट्रिय एकता अभियानका अभियानीहरूले जनक चोकमा प्रदर्शन गरेका हुन् ।

शनिवार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशबीच ९ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यी सम्झौता राष्ट्रहित विपरीत भएको दाबी गर्दै उनीहरूले विरोध गरेका हुन् । उनीहरूले सम्झौता चिनियाँ विस्तारवादको एउटा नमुना भएको पनि आरोप लगाएका छन् ।

अभियानीहरूले सम्झौतापत्र जलाएर नाराबाजी गरेका थिए ।

यसअघि चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्नसमेत उनीहरूले माग गरेका थिए ।