अपराध

मोटरसाइकल चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा 

By खबरहब

April 27, 2022

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटस्थित सडक खण्डबाट वास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइ रहेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ लोलाङ बस्ने २६ वर्षीय सुदास लामा रहेको जोशीले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर नम्बर बागमती प्रदेश ०२ ( ०२५ प १०१० रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।