तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

चीनमा कोरोना संक्रमितको संख्या बढ्दो

By रासस

April 27, 2022

काठमाडौं- चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।

चीनको राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

गएको २४ घन्टामा मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८ सय १८ जना पुगेको छ । यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६ सय ६ जना रहेका बताइएको छ ।

चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । त्यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेको जनाइएको छ ।