देश/प्रदेश

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित 

By खबरहब

May 27, 2022

बारा – सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।

नगर कार्यपालिका सदस्य चयनका लागि बिहीबार २ बजेका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर  कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दिनदयाल मुखिया लगायत  ३६ जनाले पद तथा गोपनीयताको शपथग्रहण, पत्र प्रमाणित तथा कार्यपालिका सदस्य निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।

कांग्रेसबाट नगरमा निर्वाचित सदस्यले कार्यपालिका सदस्यको निर्वाचन रोक्न माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयअगाडि बिहीबार दिउसो नारा, जुलुस र होहल्लासमेत गरेका थिए ।

११ वटा वडा रहेको सिम्रौनगढमा कांग्रेसबाट ८ वडा अध्यक्ष, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको हो ।