फाइल फोटो

विकासमा सर्वोच्चले बन्चरो प्रहार गरेछ, लज्जित छुः बाबुराम

By खबरहब

May 27, 2022

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले विकासका काममा बन्चरो प्रहार गरेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको उनको भनाइ छ ।

‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले ट्वीटरमा भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’