सांकेतिक तस्बिर

देश/प्रदेश

विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

By खबरहब

May 27, 2022

बागलुङ – बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ ।

गए राति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट उनको घर पूर्ण नष्ट भएको छ ।

घरमा रहेका लत्ताकपडा, खाद्याान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउरानाले बताए ।