तस्बिर- निर्मल पुर्जाको फेसबुकबाट 

मनोरञ्जन

अभिनेत्री दिया चढिन् सगरमाथा

By खबरहब

May 27, 2022

काठमाडौँ– अन्ततः अभिनेत्री दिया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् । दियासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्टको च्यारेटीको लागि दियाले सगरमाथा चढेकी हुन् । 

निर्मल पुर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । दिया अघि  गतसाता  मात्र गायक राजु लामाले जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए ।