बलिउड/हलिउड

कंगनाको फिल्म ओटीटीले किन्न गर्यो अस्वीकार

By खबरहब

May 27, 2022

काठमाडौँ– क्विन, तन्नु वेड्स मन्नु जस्ता फिल्म खेलेर बलिउडमा सय करोड क्लबकी हिरोइन बनेकी कंगना रनौतको समय पछिल्लो समय ठीकठाक छैन । उनले अभिनय गरेको फिल्म हेर्न दर्शक हलसम्म पुग्ने गरेका छैनन् । मणिकर्निका , थलाइभी पछि हालै रिलिज भएको धाकड फिल्म समेत बक्स अफिसमा असफल रह्यो । हलमा दर्शकले हेर्न जागर नचलाएपछि ‘धाकड’ ले ओटीटीबाट पनि निराशा खेप्नु परेको छ । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेको खबर भारतीय मिडियामा छ । 

हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको ‘धाकड’ ले भने रिलिजपछि थप पैसा पाउने आसमा ओटीटीमा बिक्री भएको थिएन । अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेको बताइएको छ । ‘लेडी सुपरस्टार’ को ट्याग पाएकी कंगनाले पछिल्लो समय दर्शकको साथ पाउन छाडेकी छिन् ।