फाइल फोटो

ब्रेकिङ स्टोरी

बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

By खबरहब

May 27, 2022

काठमाडौं- यौन दुर्व्यवहारको कसुरमा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

शुक्रबार संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ ।

विभिन्न दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । प्रस्तावको समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह ९गरिमा०, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।

समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको, डर त्रास, लोभलालच वा विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण समयमै उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएकाले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख गरिएको छ ।