खेलकुद

सी डिभिजन लिगमा झापा फुटबल क्लब विजयी

By खबरहब

May 27, 2022

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले ९ औँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा झापाले खालीबारी युथ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा अग्रतालाई कायम राखेको हो ।

झापाको जितमा विशाल खवासले २ र पुजन राईले १ गोल गरे भने खालीबारीका लागि सन्दीपले १ गोल गरे । खेलको २७ औँ मिनेटमा सन्दीपको गोलले खालीबारीले अग्रता लियो ।

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा खालीबारीले अंक गुमाउन पुग्यो । खेलको ५१ औँ मिनेटमा झापाका लागि विशालले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । ५९ औँ मिनेटमा झापाका लागि विशालले दोस्रो गोल गरे ।

यस्तै, ७१ औँ मिनेटमा पुजन राईले झापाका लागि तेस्रो गोल गरे ।