फाइल तस्वीर

अन्तर्राष्ट्रिय

शाहरुख खानका छोरालाई लागू औषध नियन्त्रण विभागद्वारा सफाइ

By खबरहब

May 27, 2022

काठमाडौं- लागू औषध मुद्दा खेपिरहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ ।

गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन ।

प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।

सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियो यद्यपि पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो ।

यसैबीच, विभागले अन्य आरोपी विरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई  आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।