समाचार

आठ सयभन्दा बढी कैदीले पाए सजाय माफी

By खबरहब

May 27, 2022

काठमाडौं– गणतन्त्र दिवसको अवसरमा सरकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार वि.सं. २०७९ जेठ १५  देखि माफी मिनाहा गरिएको हो ।

संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी जनाइएको छ ।