देश/प्रदेश

प्रेस चौतारीद्वारा आमसञ्चार प्रतिष्ठान गठनको माग

By खबरहब

May 27, 2022

काठमाडौं- प्रेस चौतारी नेपालले आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले गठन गर्न लागेको संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरेको छ ।

प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा सो संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरिएको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरेको छ ।