राजनीति

बाबुरामलाई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापन पत्र

By खबरहब

June 27, 2022

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवबीच मतभेद बढिरहेका बेला पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा अध्यक्ष डा.भट्टराईलगायतका केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । स्थानीय तहको निर्वाचन अघि/पछि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउन गरिएको उनीहरूको आरोप छ ।