बलिउड/हलिउड

‘टपगन : म्यभारिक’ मार्फत टम क्रुजले बनाए रेकर्ड

By खबरहब

June 27, 2022

काठमाडौँ– प्यारामाउन्ट पिक्चर्सको फिल्म  ‘टप गन: म्याभरिक’ ले विश्वभरबाट खर्ब बढी कमाइ गरेको छ । अभिनेता टम  क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । 

हलिउड फिल्ममध्ये यो उपलब्धि हासिल गर्ने  ‘टप गन’ ५० औँ फिल्म हो । ‘टप गन’ महामारीपछि खर्ब कमाउने दोस्रो फिल्म बनेको छ । महामारीपछि रिलिज भएको ‘स्पाइडरम्यान स्  नो वे होम’ ले १ खर्ब ८९ अर्ब कमाइ गरेको थियो । क्रुजको सबैभन्दा धेरै कमाउने फिल्म ‘मिसन इम्पोसिबल फल आउट’ रहेको थियो ।

 क्रुज स्टारर सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन: म्याभरिक’ १ सय ५० मिलियन डलरमा बनेको फिल्म हो । फिल्ममा टम एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।