तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

जापानमा गर्मी बढ्दो

By रासस

June 27, 2022

काठमाडौँ- जापानमा गर्मी बढ्न थालेको पाइएको छ । जापानी अधिकारीहरुका अनुसार त्यहाँ प्रत्येक दिनजसो गर्मी बढिरहेको पाइएको हो ।

अधिकारीहरुले त्यहाँको गर्मी इतिहासकै सबैभन्दा धेरै रेकर्ड गरिएको बताएका छन् । उनीहरुका अनुसार तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ ।

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।

त्यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।

जापानको मन्त्रिपरिषदका प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरुलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी दिएका छन् ।