फाइल फोटो

मुख्य समाचार

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

By खबरहब

June 27, 2022

काठमाडौँ- नेकपा (एमाले) का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् ।

सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाउनुभयो । उहाँले प्रश्न उठेपछि मार्ग प्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

त्यस लगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिस्कार नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन् । एमाले सांसदको बहिस्कारकै बिचमा अर्थमन्त्री शर्माले जवाफ दिनुभयो । अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।