अपराध

लिफ्ट मागेकै व्यक्तिहरुबाटै लुटिए सरकारी कर्मचारी

By खबरहब

June 27, 2022

काठमाडौँ- कैलालीमा लुटेराहरुको समूहले लिफ्ट मागेर सरकारी कर्चमारी चढेको गाडी लुटेका छन् । डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई लुटेराहरुको समूहले लुटपाट गरेको हो ।

उक्त गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत भण्डारी कैलालीको गोदावारी नगरपालिका गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । उनलाई तीन जनाले लिफ्ट मागेर गोदावरीको उकालोतिर लगि कुटपिटपछि बाँधेर फालेको प्रहरीले जनाएको छ । पछि लुटेराहरु उनको गाडी र पैसा लुटेर भागेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।