बलिउड/हलिउड

आमा बन्दैछिन् आलिया 

By खबरहब

June 27, 2022

काठमाडौँ– बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’ को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।

आलिया र रणवीरको प्रेम फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भएको थियो । रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।