राजनीति

शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड

By खबरहब

June 27, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले मुलुकको शोधनान्तर घाटालाई जन्म दिएको आरोप लगाएका छन् ।

आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले शोधनान्तर घाटाको जन्मदाता केपी ओली नेतृत्वको सरकार भएको टिप्पणी गरेका हुन् । उनले ओलीकै सरकारले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप पनि लगाए ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि आफूहरु सरकारमा रहँदासम्म शोधनान्तर स्थिति बचतमा रहेको दाबी गरेका थिए ।

उनले आफ्नो पार्टीको सरकार रहेका बेला बचतमा रहेको शोधनान्तर स्थिती अहिले गठबन्धन सरकार आएपछि ३ खर्ब घाटामा गएको बताएका थिए ।

महासचिज पोखरेलको टिप्पणीको जवाफस्वरुप प्रचण्डले शोधान्तर घाटाको प्रणेता, जन्मदाता केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका हुन् ।