तस्वीर : अलजजिरा

अन्तर्राष्ट्रिय

कंगोमा शान्ति मिसनमा गएका दुई भारतीय सैनिक मारिए

By खबरहब

July 27, 2022

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति मिसनमा सहभागी दुई भारतीय सैनिक मारिएका छन् ।

हिंसात्मक प्रदर्शनका क्रममा मंगलबार भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मारिएको बलका प्रवक्ताले पुष्टि गरेका छन् ।

विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।