फाइल फोटो

राजनीति

एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा प्रस्थान

By खबरहब

July 27, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा प्रस्थान गरेका छन् । अध्यक्ष ओली आज बिहान १० बजे काठमाडौँ विमानस्थलबाट भद्रपुरका लागि उडेका हुन् ।

दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ ।

सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग-अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरिसके पछि काठमाडौँ फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।