सांकेतिक तस्बिर

समाचार

रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

By खबरहब

July 27, 2022

लितपुर- ललितपुरको एकान्तकुनामा गए राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनी टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गए राती ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने अन्दाजी २३ वर्षीय ठगिन्द्र राई र पछाडि सवार ललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ वर्षीय सुरज अधिकारी घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त सात दोबाटोले नियन्त्रणमा लिएको छ ।