सांकेतिक तस्वीर ।

अपराध

 पाँच वर्षीया बालिका बलात्कृत

By खबरहब

July 27, 2022

कञ्चनपुर- कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । 

रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।