तस्वीर- एनडीटीभी

अन्तर्राष्ट्रिय

भारतमा थप १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

By खबरहब

July 27, 2022

काठमाडौँ- भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ ।

हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।